Developed By Kuldeep Sharma

May 8, 2022

महिला वडा सदस्यको टाउकोमा धारिलो हतियार प्रहार

काठमाडौं । भोजपुरमा एक महिला उम्मेदवारमाथि कुटपिट भएको छ।

षडानन्द नगरपालिका-१० साङपाङका वडा सदस्यका उम्मेदवार ३१ वर्षीय अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार राईले जानकारी दिए।

धारिलो हतियार प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको राईले जानकारी दिए। ‘राति शौचालय गएर फर्किनेक्रममा मास्क लगाएर आएका अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको बुझिएको छ’, राईले भने, ‘खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी गर्न प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको छ।

घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए। तामाङ नेकपा (एमाले) बाट वडा सदस्यकी उम्मेदवार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma