काठमाडौं । विहे गरेको एक महिना नपुग्दै कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्। गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका दम्पती मृत फेला परेका हुन्।
प्रहरीका अनुसार घोडाघोडी नगरपालिका-१० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका-२ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह मृता फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएको जानकारी दिए। आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने प्रहरीले जनाएको छ। महिलाको लास भुइमा खसेको र पुरूषको लास झुण्डिएको अवस्थामा रहेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
जोशीको यो दोस्रो विहे रहेको खुलेकाे छ।
प्रतिक्रिया