Developed By Kuldeep Sharma

August 10, 2022

भक्तपुरमा भारी वर्षा र बाढी: चारजनाको उद्धार, दर्जनौं टहरा डुबानमा

काठमाडौं। भक्तपुर र आसपासका क्षेत्रमा गएराति परेका भारी वर्षाले विभिन्न ठाउँका क्षति पुर्याएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार केही क्षेत्रमा डुबान तथा कटान हुँदा क्षति पुगेको हो । मनहरा खोलाको डुवान र कटानको कारण घर टहराहरुमा पानी पसी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका ४ मनहरा खोला निलोपुल नजिक हरी राईको बंगुर फर्मबाट खोलाल बंगुर बगाएको छ भने वडा नं. १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको छ । ‘टहरामा बस्ने चारजनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ,’ प्रहरीले भनेको छ ।

मध्यपुर ठिमी नगरपालिका २ स्थित मनहरा खोला किनार दिब्यश्वरी प्लानिङ स्थित अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएका छ । सोही नगरपालिकाको वडा नं. १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको प्रहरीले जनाएको छ ।

दिब्यश्वरी प्लानिङस्थित टहरामा पनि पानी पस्दा स्टोर गरिएको चामलमा पानी पसी क्षति पुगेको छ भने कुखुराका चल्ला बगाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma