Developed By Kuldeep Sharma

August 15, 2022

आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौं। देशका धेरै स्थानमा आज पनि वर्षाको सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले (सोमबार बिहान ६ बजे) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली छ। बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma