Developed By Kuldeep Sharma

August 28, 2022

एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार बैठकमा आसन्न निर्वाचनलक्षित छलफल हुनेछ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा रहेको कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग)का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma