Developed By Kuldeep Sharma

September 5, 2022

धनुषा ३ र ४ मा एमालेबाट महासेठ दम्पती उम्मेदवार सिफारिस

काठमाडौँ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट धनुषा क्षेत्र नं. ३ र ४ मा रघुबीर महासेठ दम्पतीको नाम सिफारिस भएको छ।

क्षेत्र नं. ३ मा जुलीकुमारी महतो र क्षेत्र नं ४ मा रघुवीर महासेठको नाम सिफारिस भएको हो। महासेठ अहिले धनुषा ४ बाटै प्रत्यक्ष निर्वाचित सांसद छन् भने महतो समानुपातिक सांसद छिन्।

एमाले सचिव तथा स्थायी कमिटी सदस्य समेत रहेका महासेठको एकल नाम क्षेत्र नं. ४ को क्षेत्रीय कमिटीले सिफारिस गरेको छ। यस्तै, पोलिटव्यूरो सदस्य महतोको नाम क्षेत्र नं. ३ को क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेको जनाएको छ। अगामी चुनावमा दम्पति मध्ये एकजना मात्र प्रत्यक्ष र एकजना समानुपातिकमा चुनाव लड्ने चर्चा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma