Developed By Kuldeep Sharma

September 11, 2022

देशभर मौसम बदली, यी तीनवटा प्रदेशमा ठूलो वर्षा

काठमाडौँ। अहिले दुईवटा प्रदेशमा वर्षा भइरहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यतिबेला कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो।

अहिले देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भेगका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

‘अपराह्नतिर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् प्रधानांगले बताए।

बुलेटिनअनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma