Developed By Kuldeep Sharma

September 14, 2022

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

काठमाडौं। तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ।

ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो। आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ। यसरी एसएमएस पठाउदा आवश्यक जानकारी लिन सकिन्छ।

त्यसैगरी तपाईले ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्सका लागि आवेदन दिनुभएको हो भने कार्ड प्रिन्ट भएको नभएको जानकारी लिनका लागि http://ekantakunalicense.bagamati.gov.np/license-status मा क्लिक गरी निर्देशन अनुसार गर्न सकिन्छ।

त्यसैगरी अनलाइन पोर्टल https://neporesult.com/ मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma