Developed By Kuldeep Sharma

September 26, 2022

‘गम्भीर षड्यन्त्रको सिकार भएँ, अहिले आइसोलेसनमा छु’

काठमाडौं। नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको बताएका छन् ।आइतबार राति सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रलाई ठूलो योगदान दिएको उल्लेख गर्दै उनले आफूमाथि गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

“क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरा लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा । राष्ट्रका लागि दिलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ,” उनले भनेका छन् ।

उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् ।

‘मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,” उनले भनेका छन् ।

साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । “झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,” उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma