Developed By Kuldeep Sharma

May 2, 2022

आईजीपी नियुक्तिविरुद्ध दुई एआईजी सर्वोच्चमा

काठमाडौं । आईजीपी बढुवाको निर्णयविरुद्ध दुई एआईजीहरू सर्वोच्च अदालत गएका छन्। वरिष्ठता मिचेर १६ महिना जुनियरलाई एआईजीलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको माग गर्दै एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका हुन्।

आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको एआईजी पोखरेलले मुलुक प्रेससँग बताए। ‘मेरो तर्फबाटको रिट दायर भइसकेको छ दर्ताको प्रक्रियामा छ, सहकुल थापाको तर्फबाट पनि रिट तयार हुँदै छ,’ पोखरेले भने।

वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी बनाउने निर्णय गरेको थियो। सिंहले आजै दर्ज्यानी चिन्ह पनि लगाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma