Developed By Kuldeep Sharma

May 2, 2022

बागीले २१ गतेसम्म ‘मिडप्याक’ गरे कांग्रेसले कारबाही नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाई वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गरे कारबाहीमा पुर्नविचार गर्न सकिने जनाएको छ।

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारी प्रति पुर्नविचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निश्क्रिय गर्न निर्देशनसमेत दिएको छ।

कांग्रेसले सोमबार विज्ञप्ति प्रकाशित गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता सहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई पुर्नविचार गर्न सक्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma