Developed By Kuldeep Sharma

मंसिर ८, २०७९

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

निर्वाचित गुरुङले ३४ हजार ९६९ र निकटतम प्रतिस्पर्धी गुरुङले ३१ हजार ७८१ मत पाएको लमजुङका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।

उनका अनुसार लमजुङमा कूल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेको थियो। खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर खनालले बताए।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेर तेस्रो भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma