Developed By Kuldeep Sharma

November 28, 2022

सुनसरी ४ को मतगणना अझै सुरु भएन

काठमाडौं। प्रतिनिधिसभातर्फ सुनसरी ४ को मतगणना अझै सुरु हुन सकेको छैन्। सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि शनिबारदेखि गणना रोकिएको हो।

कार्कीले मतगणनामा एमालेले धाँधली गरेको आरोप लगाएका छन्। आयोगकै मिलेमतोमा ६ मत एमाले उम्मेदवारको पक्षमा जोडेको आरोप लगाउँदै उनले पुनः मतगणनाको मागसहित निवेदन दिएका छन्।

कार्कीले २३ हजार ४३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार ३४१ मत पाएका छन्। कार्की कुसियतभन्दा ९८ मत अगाडि छन्।

एमाले उम्मेदवार कुसियतले कार्की आफूले हार्ने निश्चित भएपछि गणना अवरुद्ध पारेर बखेडा झिकेको बताउँछन्। मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर छ।

एमाले उम्मेदवार कुसियतले बाँकी रहेको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए। ‘मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुरु गरौं । तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाइ के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर गणना गरौं भन्ने उहाँको जिकिर हो,’ उनले भने ।

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारबीच सहमति जुटाएर गणना सुरु गराउन पहल भइरहेको जनाएको छ। सुनसरी ४ मा ८१ हजार दुई सय ३३ मत खसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma