Developed By Kuldeep Sharma

November 28, 2022

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम। मधेश प्रदेश सरकारले रामजानकी विवाह पञ्चमीको अवसरमा आज सोमबार सार्वजनिक विदा दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सोमबार प्रदेशभरि सार्वजनिक विदा रहेको घोषणा गरेका हुन्।

त्रेता युगमा भागवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिरको शुक्ल पक्षमा जनकपुरधाममा विवाह पञ्चमी मनाइने चलन छ।

सप्ताहव्यापी मनाइने उक्त महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयमवर सोमवार भएकोले प्रदेश सरकारले सो अवसरमा विदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma