काठमाडौं। नेपाली कांग्रेसको तर्फबाट महानगरको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महनगरवासीलाई ठुला सपना देखाउने भन्दा पनि व्यवस्थीत र सफा काठमाडौं बनाउन प्रमुख भुमिका खेल्ने बताएकी छन्।
शंकरदेव क्याम्पस पुर्व विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालय समेत जान नपाउने अवस्था रहेको बताँउदै आफु निर्वाचित भए समस्या समाधान गर्ने बताईन।
‘झकाठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडी सारेको छ। मेयरमा निर्वाचित भएपछि घोषणापत्र अनुसार काम गर्छु। सिंहले भनिन्। उनले शंकरदेवको क्याम्पसको विकासमा समेत सहयोग गर्ने बताईन।
‘भ्रष्टाचार मुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो। घरबाटै फोहोरको व्यवस्थापन गर्न सकिने समेत बताउने छौँ। उनले भनिन्।’ यस्तै सिंहले ३२ वडै स्वास्थ प्रवन्धन केन्द्र र जेष्ठ नागरिक भवन बनाउने पनि बताईन्।
प्रतिक्रिया