काठमाडाैँ- भीम रावलको वडाका सातसहित १४ जना पार्टीबाट निस्कासित नेकपा (एमाले) अछामले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने १४ जनालाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा ७ जना एमाले नेता भीम रावलका वडाका छन्। साफेबगर नगरपालिका-६ भागेश्वरमा अध्यक्षमा मीन बहादुर बोहोरासहित सात जनाले सवतन्त्र उमेदवारी दिएका थिए।
भागेश्वरमा एमालेले दुधकला विष्टलाई वडाअध्यक्षमा टिकट दिएको छ भने नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीले शंकर विष्टलाई वडाध्यक्षको टिकट दिएको छ।
प्रतिक्रिया