Developed By Kuldeep Sharma

May 7, 2022

ओलीले आत्तिएर राजावादीसँग गठबन्धन गरे : वर्षमान पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले एमालेले राजावादीसँग आत्तिएर मिलेको आरोप लगाएका छन्।

ओलीले स्थानीय तह निर्वाचनमा राजावादी दल राप्रपासहित राप्रपा नेपालसँग समेत गठबन्धन गरेको भन्दै पुनले यस्तो टिप्पणी गरेका हुन्।

उनले ओलीलाई राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप लगाए। ओलीले मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने गर्ने जिकिर पनि गरे।

गृहजिल्ला रोल्पाको गंगादेवमा हिजो आयोजित चुनावी सभामा उनले भने, “हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं। संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma