Developed By Kuldeep Sharma

July 13, 2023

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ। राष्ट्रिय सभा बैठक आज बस्दै छ। बुधबार बस्ने भनिएको बैठक स्थगित भएपछि आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको हो।

आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुने बताइएको छ। सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार विनियोजन विधेयक २०८० पारित हुने र त्यसअघि विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma