Developed By Kuldeep Sharma

September 4, 2023

आज प्रतिनिधि सभामा सांसद र मन्त्रीबीच प्रश्नोत्तर हुने

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नोत्तरको कार्यसूची रहेको छ।

बैठकमा एक जना सांसदले एउटा मन्त्रालयसँग सम्बन्धित दुई वटासम्म प्रश्न सोध्न पाउने संसद सचिवालयलका प्रवक्ता एकराम गिरीले बताएका छन्। सांसदले सोधेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीले संसदमै मौखिक दिनुपर्ने व्यवस्था छ।

संसद सचिवालयका अनुसार आज नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रश्न सोध्ने र त्यसको जवाफ सम्बिन्धित मन्त्रीले दिने बताइएको छ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ८ मा प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ। त्यसै अनुसार सांसदहरुले मन्त्रीलाई प्रश्न सोध्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma