Developed By Kuldeep Sharma

October 19, 2023

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ।

उदय सुब्बा द्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो। दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् ।

अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा,कविता आले , बुद्धि तामाङ, विमला लिम्बु , जिवन लिम्बु चन्दा दाहाल , अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ। साथै नव कलाकारमा इयोन लिम्बु र सिमोन गिरीको नव प्रस्तु्तीमा अभिनय रहेको छ ।

चलचित्रका अगीतमा संगीतकार विकाश चौधरीले संगीत भरेका छन् ।मुस्ताङ, धरान र इलाम, तेह्रथुममा छायाँकन गरिएको छ ।

विक्रम डिसी को छायांकन,प्रविण ढकालको सम्पादन ,राजु किराँतीको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी , तारा देवी लिम्बु निमार्ता रहेको छ । गीतमा समाजिक विषयबस्तुमा निमार्ण गरिएको र समाज भित्रको कथाहरुलाई चै लिएर निमार्ण गरिएको छ ।

यस अगाडि पनी चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका निर्देशकले समाजिक विचार धारामा चलचित्रको निमार्ण गर्ने एक सशक्त निर्देशकको रुपमा उदय सुब्बा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma