Developed By Kuldeep Sharma

January 6, 2024

महिला स्वरोजगार लक्षित कार्यक्रम गर्ने अध्यक्ष चौधरीको प्रतिबद्धता

महिलाहरुको स्तरोन्नतीमा पहल गर्ने उद्धेश्यसहित नारी शक्तिसंग सहकार्य संवाद कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ को लोखरम स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य अवस्था, शिक्षा, र सुधार गर्नुपर्ने पक्षलगायतका विषयमा महिलाहरुले गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीसंग अन्तरक्रिया गरेका छन् ।

युवा समूह छिन्नमस्ताले आयोजना गरेको अन्तरक्रियामा विषेश गरी महिलाहरुले स्वास्थ्य शिविर, रोजगार आवश्यकताका बारेका आफ्नो विचार राखेका थिए । पालिकामध्ये सबैभन्दा बढी दलित जनसंख्या भएको उक्त वडामा महिला स्वास्थ्य, महिला हिंसा र बेरोजगारी मुख्य समस्या रहेको उनिहरुको भनाइ छ । आर्थिक अवस्था निकै कमजोर भएका महिलाहरुको मुख्य समस्या भनेकै स्वरोजगार बन्न नसकेको उनिहरुको धारणा थियो । महिलाहरुका लागि रोजगार सृजना नभएको भन्दै महिला लक्षित कार्यक्रमका लागि पालिकाले बजेट छुट्याउनु पर्ने उनिहरुले माग गरेका छन् ।

महिलाहरुको समस्या र सुझावलाई आत्मसाथ गर्दै यस क्षेत्रका महिलाको स्तोरन्नतीका लागि शिक्षा, स्वास्थ्य र रोजगारका कार्यक्रमहरु संचालन गर्ने पालिका अध्यक्ष चौधरीले बताए । विषेशत उनले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शिविर संञ्चालन गर्ने बताएका छन् ।

‘हरेक महिला आत्मनिर्भर हुनुपर्छ, आफ्नो अधिकार पुर्ण रुपले उपभोग गर्न पाउनुपर्छ यसका लागि मैले मेरो तर्फबाट हुन सक्ने सबै सहयोग गर्न सधै तत्पर छु’ उनले भने । महिला स्वरोजगारका लागि सिलाइकटाई, व्युटिपार्लर, गुडिया तथा कुशन बनाउने लगायत आवस्यकताको आधारमा विभिन्न तालिमको आयोजना गर्ने अध्यक्ष चौधरीले प्रतिबद्धता गरेका छन् । शारिरीक रुपमा अशक्त प्रमिला देवी खङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, युवा, राजनैतिक व्यक्तित्वलगायत चार सय बढी महिलाहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma