Developed By Kuldeep Sharma

April 16, 2024

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएकी छन्।

आज सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उनले प्राज्ञिक समूह र प्राध्यापक तथा कर्मचारीहरूले पनि सरकारी सेवामा रहुन्जेलसम्म राजनीतिक दलको सदस्य बन्दैनौँ भन्ने संकल्प गर्न आवश्यक रहेको बताएकी हुन्।

उनले प्राज्ञहरूको विज्ञता, अनुभवलाई आफूले सम्मान गर्ने भन्दै मन्त्री श्रेष्ठले सुझावहरू कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन्। उनले शिक्षक, कर्मचारी, राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्न नहुने बताइन्। उनले राजनीतिक नेतृत्वसँग भेट्दा पनि राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर खबरदारी गर्न आवश्यक रहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma