काठमाडौं। शुभ प्रभात महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैँठाै वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
काठमाडौंको टोखा नगरपालिका वडा ३ मा सहकारीकै लगानीमा स्थापित शुभ प्रभात बाल संसारको प्राङ्गणमा सभा सम्पन्न भएको हो । सभामा बोल्दै प्रमुख अतिथि टोखा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष रमेश डंगाेलले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताएका छन् । संस्थालाई नाफामा लैजानका लागि शेयर सदस्यहरुको अहम भुमिका रहेको हुँदा बचत तथा कर्जा समयमा नै बुझाउनु पर्ने उनले बताए ।
सहकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार लक्ष्य निर्माण र प्राप्तीमा सहकारीले कुनै कसर बाँकी नराखेको उनको भनाई छ । सहकारीका माध्यमबाट देशको आर्थिक समृद्धिमा समेत सहयोग हुने र महिलाहरुले मात्र संचालन गरेको यस सहकारीले छोटो समयमा नै प्रसंशनीय कार्य गरेको भन्दै यस सहकारी र सहकारीद्वारा संचालित विद्यालयलाई अफ्नो तर्फबाट कुनै सहयोग आवश्यक रहेमा उनले साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यस्तै सहकारीका अध्यक्ष लक्ष्मी शर्मा खनालले वार्षिक प्रतिवेदन पेस गर्दै आगामी वर्ष सहकारीको पुँजी र शेयर सदस्यको संख्यामा बढोत्तरी गर्ने बताइन् । सहकारीद्वारा संचालित शुभ प्रभात बालसंसारमा हाल एल के.जी सम्म अध्ययन हुनेमा आगामी वर्ष कक्षाकोठा थप गरि विद्यार्थी, शिक्षक र कर्मचारीको संख्या पनि वृद्धि गर्ने लक्ष्य रहेको उनले स्पस्ट पारिन् ।
सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन विगतमा जस्तै विभिन्न क्षमता अभिवृद्धि, नेतृत्व विकासलगायतका कार्यक्रममा सहभागी गराउन पनि पहल गर्ने उनको भनाई छ ।
त्यस्तै, सहकारीको आर्थिक प्रतिवेदन सचिव कल्पना अधिकारी क्षेत्रीले प्रस्तुत गरेकी थिइन् भने लेखा प्रतिवेदन लेखा संयोजक शुशिला श्रेष्ठले प्रस्तुत गरेकी थिइन् ।
२०७६ सालमा ३० जनाबाट सुरु भएको यस सहकारीमा हाल १५२ जना शेयर सदस्य रहेका छन् । यस वर्ष प्लस टु र यसईईमा उत्तीर्ण हुने शेयर सदस्यको छोराछोरीलाई पनि पुरस्कार सहित सम्मान गरिएको थियो । शनिबार सम्पन्न साधरण सभा कार्यक्रमको संचालन अनिता आचार्यले गरेकी थिइन् ।
प्रतिक्रिया