काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डका कारण माधव नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन्।
रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। कांग्रेसले सहमति गरेपछि इमान्दारितपूर्वक पालना गर्ने उनको भनाइ छ। तर प्रचण्डले इमान्दारिता गुमाउँदा त्यसको असर माधव नेपाललाई परेको उनको भनाइ छ।
‘प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो,’ उनले भने, ‘माओवादी र समाजवादीसँग सहकार्य गरेर ०८४ सालसम्म सँगै जाने भनिसकेपछि कांग्रेसलाई आगामी निर्वाचनसम्म एक्लै प्रधानमन्त्री बन भनेर पटक पटक आएको प्रस्ताव स्वीकार गरेनौँ। तर प्रचण्ड इमान्दार बन्नुभएन।’
सहमतिमा कांग्रेस इमान्दार रहने तर आफूहरूको इमान्दारितालाई कमजोरी नठान्न पनि उनले चेतावनी दिए।
एमाले र माओवादी सँगै रहन नसक्ने कुरा पटक पटक प्रमाणित भइसकेकाले कांग्रेस एमाले मिल्नुको विकल्प नभएको भनाइ थियो। अहिलेको सरकार कांग्रेसले चाहेर र बेइमान भएर नबनेको उनको जिकिर थियो।
प्रतिक्रिया