काठमाडौं। आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। केही सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँले बढेर प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोलामा पाँच रूपैयाँ बढेर एक हजार नौ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया