Developed By Kuldeep Sharma

November 1, 2024

मन्त्री यादवले गरे मुस्लिम समुदायको धार्मिक आवश्यकताअनुसार विवाह भवनको उद्घाटन

काठमाडौं। नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले नवनिर्मित विवाह भवनको उद्घाटन गरेक छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, बहुअरीमा मुस्लिम समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक आवश्यकताहरूलाई मध्यनजर गर्दै नवनिर्मित विवाह भवनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा भवनको महत्त्व र उद्देश्यबारे बोल्दै मन्त्री यादवले भवन केवल इँटा र सिमेन्टको संरचना मात्र नभएर यहाँको समुदायका लागि एक अवसर र आशा भएको बताए। उनले भने, ‘यस भवनले मुस्लिम समुदायका सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्दै, उनीहरूको सामाजिक संलग्नता र एकतालाई अझ सुदृढ बनाउनेछ। भवनमार्फत समुदायको विशेषता झल्काउन र यहाँको संस्कृति तथा परम्परालाई संरक्षण गर्न महत्त्वपूर्ण योगदान दिनेछ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवको संसदीय पूर्वाधार विकास कोष र वीरगञ्ज महानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको यश भवनको मुख्य उद्देश्य भनेकै समाजमा रहेका सबै वर्गलाई समान पहुँच र सुविधा उपलब्ध गराउन पर्ने उनको भनाई छ। ‘यो भवन स्थानीय स्रोत र सहकार्यबाट निर्माण गरिएको उत्कृष्ट उदाहरण हो, जसले समुदायको आवश्यकतामा केन्द्रित परियोजनाहरूको महत्त्वलाई उजागर गर्छ,’ उनले भने।

६० लाख रुपैयाँको कुल लागतमा निर्माण गरिएको यो भवनमा एउटा विशाल सभा हल र दुई वटा अतिरिक्त कोठा रहेका छन्, जसले विवाह, सभा, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्न सुरक्षित र सुविधाजनक स्थान प्रदान गर्दछ। यस भवनले समुदायको सुविधा अभावलाई पूरा गर्दै धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको व्यवस्थापनमा सहयोग गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma