Developed By Kuldeep Sharma

May 10, 2022

मौन अवधिमा के के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ। राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ।

मौन अवधिमा के–के गर्न पाइँदैन ?

मौन अवधिभर निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न पाइँदैन।

मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री मौन अवधि शुरु हुनुभन्दा अघि नै हटाउनुपर्छ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

अनलाइन, छापा, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन पाइँदैन।

निर्वाचन आयोगले मौन अवधि शुरु भएदेखि मतदान सम्पन्न नभएसम्म मदिरा बिक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma