काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ।
मौन अवधिमा प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो। बिहीबार माडी ५ स्थित होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटी मत मागेका विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।
आयोगले पत्र प्राप्त भएको समयले ८ घण्टाभित्र आयोगमा लिखित जवाफ पेस गर्न पनि भनेको छ। आयोगले प्रचण्डलाई यसअघि पनि आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
प्रतिक्रिया