काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नभएको प्रष्टिकरण दिएका छन्। स्थानीय तह निर्वाचनमा गोरखा पुगेर उनले मतदानपछि मतसंकेतसहितको तस्विर सार्वजनिक गरेका थिए।
त्यसको आलोचना भएपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा व्यक्त गरेका हुन्। उनले लेखेका छन् ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन।’
तर उनले मतदान गोप्य राख्ने/नराख्ने त्यो व्यक्तीको चाहाना अनुरुप हुने र त्यसको छुट हुने दावी गरेका छन्। ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन,’ उनले लेखेका छन्।
प्रतिक्रिया