Developed By Kuldeep Sharma

May 14, 2022

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी। धनगढी उपमहानगरपालिकामा को पछिल्लो मतगणना सार्वजनिक भएको छ। अहिले साढे ७ बजेको मतगणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम छ।

५ सय ५३ मत गणना हुँदा हमालले २५० मत प्राप्त गरेर अग्रता कायम गरेका हुन्। गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता नृप वडले १६७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले २७ मत ल्याएका छन्। यस्तै एक सय मत भने बदर भएको छ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma