काठमाडौं। दाङको घोराही उपमहानगरपालिमा मेयर र उपमेयर दुवै पदमा एमालेले जितेको छ। सत्ता गठबन्धनलाई हराउँदै मेयरमा एमालेका नरुलाल चौधरी विजयी भएका हुन्। चौधरी ३१,७२८ पाएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६,३६८ मत पाएका छन्।
चौधरीले शर्मालाई पाँच हजार ३६० मतान्तरले हराएका हुन्। उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसीले ३०,४०३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका भूपबहादुर डाँगीले ३०,३५४ मत पाएका छन्। यस उपमहानगरपालिमा गठबन्धन भएको थियो ।
प्रतिक्रिया