Developed By Kuldeep Sharma

May 19, 2022

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा माओवादीका उम्मेदवार निर्वाचित

काठमाडौं। गोरखाको पालुङटार नगरपालिकामा नेकपा (एमाले–जनता समाजवादी पार्टी)को गठबन्धनलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

पालुङटारको नगरप्रमुखमा माओवादीका गुणराज देवकोटा६ हजार ७२ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१६ मत ल्याए ।

त्यसैगर उपप्रमुखमा माओवादीकै बन्दना पाण्डे ५ हजार ७७ मतसहित निर्वाचित भएकी छन् । कांग्रेसकी चेतकुमारी श्रेष्ठ र एमालेकी पार्वती देवी पाठक पराजित भए। यो जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma