काठमाडौं। नेपालगन्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागमा नपरेपछि नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरमा एकल प्रतिष्पर्धा गर्ने बताएको छ।
आज(शनिबार) एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयर पद सहित २३ वटै वडामा उम्मेदवारी दिने घोषण गरेको हो। गठबन्धनको मुलमर्म विपरित निर्णय भएको हुँदा गठबन्धनबाट बाहिरिएर उपमहानगरसहित २३ वटै वडामा उम्मेदवारी दिने प्रेस विज्ञप्तीमा उल्लेख छ ।
बैशाख ३० गते हुनगईरहेको स्थानियतह निर्वाचनका लागी ५ दलिय गठवन्ध बनेर चुनावी तालमेलमा जाने भनिएपनि उक्त उपमहानगरभित्र गठबन्धनको स्प्रिट विपरित प्रतिष्पर्धा हुने भएपछि गठबन्धनको कुनै औचित्य नरहेको भन्दै माओवादी केन्द्रले एकल प्रतिष्पर्धामा जाने निर्णय गरेको हो।
प्रतिक्रिया