काठमाडौं । नेकपा (एमाले)ले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदका उमेदवारको टुंगो लगाएको छ ।
आज(शनिबार) बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महानगरपालिकाका लागि उमेदवारको टुंगो लगाएको हो। आजको बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उमेदवार बनाउने निर्णय गरेको छ भने उपमेयरमा सुनीता डंगोललाई उमेदवार बनाउने निर्णय गरेको छ।
ललितपुरको मेयर पदमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य लाई उमेदवार बनाउने तय गरिएको छ । भरतपुर महानगरको मेयरमा विजय सुवेदी उम्मेदवार हुने पक्का भएको छ भने उपमेयरको टुंगो लागिसकेको छैन । पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मन्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
त्यस्तै एमालेबाट वीरगन्ज महानगरको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय भएको छ तर उपमेयरमा टुंगो लागेको छैन । वीरगन्ज उपमेयरमा लोसपासंग तालमेल गरेको बताइएको छ ।
विराटनगर महानगरमा भने अहिले सम्म उमेदवार टुंगो लागेको छैन।
प्रतिक्रिया