काठमाडौं । सत्ता गठबन्धनदलका शीर्ष नेताहरूको बैठक आज(आइतबार) बस्ने भएको छ। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ। आज बस्ने गठबन्धन बैठक भन्दा अघि निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दैछ।
बिहान बसेको अनुगमन समितिको बैठकमा भएका निर्णयहरु शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र अन्तिम निर्णय लिइने बताइएको छ।
प्रतिक्रिया