काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सुरु गर्ने भएको छ । घरदैलो अभियान सञ्चालन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आज(मंगलबार) निर्देशन दिएका छन् ।
बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारीहरूसँग छलफल गर्दै देउवाले अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत अहिले पार्टीले जिल्ला जाने प्रतिनिधि छनोट गरिरहेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकेन्द्रित अभियान फागुन २० गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएपनि विविध कारणवस एकसाथ देशभर अभियान सञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया