काठमाडौं। आगामी आइतबारदेखि काठमाडौं–नारिता सातामा तीन उडान सञ्चालन हुने भएका छन्। हाल दुई उडान गरिरहेको नेपाल वायुसेवा निगमले १ मेबाट आइतबार, मंगलबार र शुक्रबार उडान सञ्चालन गर्ने जनाएको हो।
निगमले काठमाडौँ–नारिताको लािग विजनेश क्लासको १ लाख ५२ हजार र इकोनोमी क्लासको १ लाख १९ हजार ७०० भाडा तय गरेको छ। निगमले काठमाडौँ–नारिता रुटमा आइतबार र मंगलबारको उडानमा १४० यात्रु तथा शुक्रबारको उडानमा १२० यात्रु बोक्दै आइरहेको छ। यो संख्या जहाजको क्षमताभन्दा झण्डै आधा हो।
नारिता–काठमाडौंमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको छ। निगमले यो रुटमा सिट संख्या बढाउन नेपालस्थित जापानी राजदूतावासमा अनुरोध गरेको पनि जानकारी गराएको छ।
प्रतिक्रिया