काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया भ्रमणमा जाने भएको छ। मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा चार दिने भ्रमणका लागि टोली मलेसिया जान लागेको हो।
भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्धिपक्षिय हितका साथै सहकार्यका बिषयमा समेत छलफल भएको छ। आजको भेटमा मन्त्री श्रेष्ठले यसब भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँगको भेटवार्तासंगै नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको वैठकका एजेण्डा तय गरिने, वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनौंट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने, श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा छलफल हुने छ।
भ्रमणमा जाने टोलीले मलेसियामा रहेका नेपाली समुदायसंग समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको।
प्रतिक्रिया