काठमाडौ।सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिका ९ स्वर्णपट्टीस्थित सीमा ईलाकाबाट आज सशस्त्र प्रहरीले २ सय १० वटा नाईट्राभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको शम्भुनाथ नगरपालिका ७ भगतपुर बस्ने २० वर्षिय रविन कुमार चौधरी तथा सोही नगरपालिका ८ बस्ने २१ वर्षिय दिपेन्द्र चौधरी रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी स्वर्णपट्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो।
प्रतिक्रिया