Developed By Kuldeep Sharma

July 13, 2022

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

काठमाडौँ। नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए। वरियताबारे प्रदेश सभापतिहरूले असन्तुष्टि व्यक्त गरेका थिए।

मंगलबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मालगायतले धारणा राखे। बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना भएको थियो। सभापति शेरबहादुर देउवाले पार्टीको विधानलाई कुल्चिएको आरोप पनि लागेको थियो।

पार्टीमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा छलफल भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma