Developed By Kuldeep Sharma

April 27, 2022

बिना लाइसेन्स क्लिनिक सञ्चालन गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं। चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नका लागि ईजाजतपत्र नलिइ क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा पथरी शनिश्चरे नगरपालिका १ फिलिमहल लाईनस्थित श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत पश्चिम बङगाल दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत बस्ने २७ बर्षिय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका ३ गछिया चोकस्थित कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ देवीगञ्ज ग्राम पञ्चायत बस्ने २९ बर्षिय सनोड मण्डल रहेका छन्।

उनीहरुले आफुलाई डाक्टर हँु भनि क्लिनिक सञ्चालन गरी औषधी उपचार गर्दै ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुविरुद्ध जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेका प्रहरीले जनाएकोे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma