Developed By Kuldeep Sharma

April 27, 2022

कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी ‘निन्जा टेक्निक’ : पौडेल

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले एमाले अध्यक्ष केपी ओलीले कांग्रेस घोषणापत्रमा गरेको टिप्पणी जनता झुक्याउन रचिएको निन्जा टेक्निक भएको टिप्प्णी गरेका छन्।

सामाजिक सञ्जाल फेशबुकमा पौडेलले राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलताको सामान्य हेक्का नराखी ओलीले खर्चिएका सस्ता शब्द कुण्ठाका पराकाष्टा भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो। राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलताको सामान्य हेक्का नराखी खर्चिएका सस्ता शब्द कुण्ठाका पराकाष्टा हुन्।’

उनले ओली सरकारले विगतमा गरेका काण्डहरूलाई जति बचाउ गरेपनि झन नाङ्गिदै जाने बताए। ५ वर्ष सरकार सञ्चालन गर्न जनताले दिएको मत र मेण्डेटलाई तिरस्कार गरेर संविधान मास्नेसम्मको कुकर्म छोप्न अरूलाई गालीगलौच गरेर रक्षात्मक बन्न खोज्नु दरिद्रता भएको पौडेलले टिप्पणी गरे।

मत लिनका लागि घोषणापत्रमा निराधार र सतही सपना छर्ने, जनमतको कदर गर्न नसक्ने र वाचा गरिएका न्यूनतम् कुरा पनि पुरा गर्न नसकेपछि अरूलाई आक्रोश पोख्ने कुरा लज्जाको विषय हो। यस्तो दरिद्रता देखाएर मत माग्ने जो कोहीलाई जनताले स्वतः अस्वीकार गर्नेछन्। उनले फेशबुकमा लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma