Developed By Kuldeep Sharma

July 18, 2022

प्रदेशको नामाकरणमा छलफल गर्न सर्वदलीय बैठक

काठमाडौं। प्रदेश १ को नामाकरणमा छलफल गर्न सर्वदलीय बैठक आह्वान भएको छ। प्रदेशका सभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख भण्डारीले साउन ६ गतेका लागि छलफल गर्न सार्वदलिय बैठक बोलाएको जानकारी दिए। प्रदेशको नामकरणका लागि दलहरुका आ–आफ्नै अडान राख्दै आएका छन्।

प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma