Developed By Kuldeep Sharma

April 27, 2022

ओलीलाई लजिक मन पर्दैन मेजिक मन पर्छ : थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमामले अध्यक्ष केपी ओलीलाई लजिक भन्दा मेजिक मन पर्ने टिप्पणी गरेका छन्।

बुधबार पार्टीको सम्पर्क मञ्चले बत्तिसपुतलीमा आयोजना गरेको कार्यक्रममा थापाले ओलीलाई तर्क मन नपर्ने र जादु मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको बताए। यस्तै उनले केपी ओलीलाई रिस उठ्यो भनेर आफूले कहिले पनि झुटो नबोल्ने बताए।

थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरे। आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई ओलीले पागल भन्ने गरेको थापाले बताए। मंगलबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा कांग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै ‘पागलहरुको प्रलाप’ भनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma