Developed By Kuldeep Sharma

July 25, 2022

अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं। अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ स्थित भुलुमा गए राति अमर विष्टको घर पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालय अछामका जिल्ला प्रहरी कार्यलयका अनुशार पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उद्धार गरिएको छ।

‘पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोमा परेर पुरिँनेमा करिब ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षका वीरेन्द्र विष्ट र १५ वर्षका संविधान विष्टको परेका छन्। ६५ वर्षीया नैना विष्ट गम्भीर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

उनीहरू एकै घरपरिवारका हुन्। गए राति घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको थियो। घटनास्थलमा प्रहरी र स्थानीयबासी पुगेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma