Developed By Kuldeep Sharma

July 26, 2022

लम्कीचुहाकी मेयर शाही नगर विकास कोषको बोर्ड सदस्यमा मनोनीत

काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही नगर विकास कोषको बोर्ड सदस्यमा मनोनीत भएकी छन्।

शाही शहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषको बोर्ड सदस्यमा मनोनीत भएकी हुन्। उनले आजै सपथ ग्रहण पनि गरेकी छन्।

नगर विकास कोषको बोर्ड सदस्यमा प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरि नगर प्रमुख वा उपप्रमुख मध्येबाट ७ जना हुने व्यवस्था छ। त्यसबाट सुदूरपश्चिम प्रदेशको तर्फबाट लम्कीचुहा नगरपालिकाकी मेयर शाही मनोनीत भएकी हुन्।

नगर विकास कोष शहरी क्षेत्रको विकासका लागि सहयोग गर्ने अख्तियारी पाएको एउटा सरकारी निकाय हो। सरकारले यही कोष मार्फत देशभरका नगरपालिकाहरुमा नगरको विकासका लागि अनुदान प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma