Developed By Kuldeep Sharma

July 27, 2022

वीरगञ्जमा ४ बर्षीया बालिकाको बलात्कारपछि हत्या

काठमाडौं। पर्साको वीरगञ्जमा ४ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ।

साउन ५ गतेदेखि हराइरहेकी बालिकाको शव साउन ७ गते विहान फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो। साउन ५ मा साँझ ७ बजेतिर वीरगञ्ज –२ छप्कैया घर भएकी ४ वर्षीया बालिका हराएकी थिइन। परिवारले दिएको सूचनाको आधारमा प्रहरी र गाउँलेले खोजी गर्दा साउन ७ मा विहान छप्कैयास्थित झाडीमा बालिकाको शव भेटिएको थियो।

बलात्कार र हत्यामा संलग्न ३ नाबालक र १ जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) प्रह्लाद कार्कीकाअनुसार पक्राउ पर्नेमा वीरगञ्ज–२ घर भएका १७ वर्षीय सलमान खान उर्फ जफ्रुदिन, वीरगञ्ज महानगर–१६ घर भएका १९ वर्षीय सलमान खान, १२ वर्षका बालक र १६ वर्षका सैदुल्ला अन्सारी उर्फ करेल्हा रहेका छन्। बलात्कार गरेर हत्यापछि सैदुल्ला अन्सारी नयाँ दिल्ली भागेका थिए।

भारतीय प्रहरीसँगको समन्वयमा उनलाई गाँजियाबादबाट पक्रेर नेपाल ल्याइएको हो। बलात्कारपछि बालिकालाई इँटा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आरोपीहरुविरुद्ध जबर्जस्ती करणी र ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma