Developed By Kuldeep Sharma

July 30, 2022

तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मुत्यु, १४ जना घाइते

काठमाडौं। प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जानकारी दिए।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ। घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ।

प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma