Developed By Kuldeep Sharma

July 31, 2022

अभिषेकको प्याड व्यवसाय : मासिक २ लाख आम्दानी, ७ जनालाई रोजगारी

काठमाडौं। गरे के हुदैन भन्ने उदाहरणका एक पात्र हुन् बर्दियाका २३ वर्षीय अभिषेक ओली।

काम सानो वा ठुलो जे भए पनि आफ्नै देशमा गर्न सके त्यसले जीवनभरलाई हुन्छ। युवालाई रोजगार र काम चाहिएको छ। उत्पादित वस्तुको बजारीकरण चाहिएको छ। त्यो वातावरण स्थानीय सरकारले बनाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय सरकारले आफ्नो पालिकाभित्रका युवाको संरक्षण गरेर काम गर्न सक्यो भने देखेको विकास र समृद्धिको यात्रा लामो छैन। विशेषगरी उत्पादन भएको बस्तुको बजारीकरणको जिम्मा मात्रै स्थानीय सरकारले लिनसके पनि थुप्रै युवा व्यवसाय तिर मोडिन सक्छन्।’ एक वर्षयता उनले ‘सदा केयर’ ब्रान्डमा स्यानिटरी प्याड उत्पादनबाट स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन्।

सदा केयर सेनेटरी प्याडका संस्थापक अभिषेक ओलीसँग मुलुक प्रेसकीले गरेको कुराकानी :

स्यानिटरी प्याड व्यवसाय कति लगानी बाट सुरु गर्नु भयो?

परिवारसँग छलफल गरे, कुरा मिल्यो। सोच तीव्र रूपमा अगाडि बढे पनि लागू गर्न सम्भव भएन। अनि प्याड उत्पादन गर्न कति लगानी लाग्छ, कच्चा पदार्थ के के चाहिन्छ, कसरी उत्पादन गर्ने, बजार माग कस्तो छ लगायत विषयमा बुझ्न थाले। प्याडबारे यी सबै जानकारी भएका केही व्यक्तिलाई बर्दियामै बोलाए। सुरुमा २५ लाख जुटाए तर गर्दे जाँदा पुगेन फेरि ४० लाख रूपैयाँ जुटाएर सदा केयर स्यानिटरी प्याड कम्पनी सुरु गरे।

यो व्यवसाय कसरी सुरुवात गर्नु भयो?

१२ कक्षा पढाई सकेर २ वर्षको लागि विदेश गको थिए। तर विदेशमा आफुले सोचेजस्तो केहि भएन त्यस पछि ८ महिनामै म नेपाल आए। नेपाल आएपछि काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दै थिए। त्यतिबेला नै आफ्नै देशमा उत्पादन मुलक केहि व्यवसाय गर्छु भन्ने लाग्यो। उधमी काम के गर्दा राम्रो हुन्छ भनेर युट्युब हेर्दै थिए भिडियोमा सरफ, व्याग, दुनाटपरी लगायतको भिडियो हेरे त्यसै क्रममा स्यानिटरी प्याडको उत्पादन कसरी गर्ने, कच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने सबै हेरे त्यसपछि स्यानिटरी प्याड चाहिँ अहिलेको बजार माग र अत्यावश्क जस्तो लागेर परिवारसगँको छलफल पछि सुरु गरे।

स्यानिटरी प्याड मात्र कि अरु पनि उत्पादन गर्दे हुनुहुन्छ?

अहिले प्याडसंगै, बच्चाका लागि डाइपर पनि उत्पादन भईरहेको छ।’

तँपाइले कति वर्ष देखि सुरु गर्नु भएको होे?

लकडाउनको अवधि भन्दा पहिले सुरुवात गरेको थिए। तर लकडाउनमा परेर ६ महिना अल्झिनु प–यो। प्याड उत्पादन र परीक्षण भयो। तर बजारमा कसरी पु¥याउने? सुरूमा छरछिमेकी, चिनजानका व्यक्तिहरूमार्फत बजारीकरण सुरू भयो। ठूलो स्तरमा प्याड उत्पादन गर्ने र बजार पु¥याउने सोच थियो। तर सुरुमै गुणस्तर राम्रो भएन भन्दै धैरै कम्प्लेन आयो र त्यसलाई सुर्धान कोसिस गरे। कोरोना छँदै थियो उत्पादन नसुधारी बजार पाइँदैन भन्ने लागेर विभिन्न प्याड कम्पनीका विज्ञ सँग सम्पर्क गरेर भेटे। उत्पादन गरेका अनुभवी व्यक्ति भेट्न भारतको नयाँ दिल्लीदेखि लखनऔसम्मै पुगे। प्याड राम्रो बनाउन चाहिने मेसिन, कच्चा पदार्थ र अरू चिज के–कसरी प्रयोग गर्ने भन्नेबारे बुझे। दिल्लीमा केही समय बसेर अनुसन्धान गरे फर्किए पछि फेरी उत्पादन गरेर बजारमा पठाउँन थालेको चाहि एक वर्ष भयो।

स्यानिटरी प्याड व्यवसायबाट महिनामा कति आम्दानी हुन्छ?

स्यानिटरी प्याड व्यवसायबाट महिनामा २ लाखको अनुपातमा आम्दानी हुन्छ। ७ जनाले रोजगार पाएका छन्। माग धेरै बढेको छ।

प्याड उत्पादन गरिरहँदा स्थानियबाट कस्तो प्रतिक्रिया पाउनु भयो?

स्थानिय बाट सकरात्मक प्रतिक्रिया आएको छ किनभने स्थानिय प्रडक्ट प्रगोग हुनुपर्छ भन्ने छ। स्थानियमा माग बढेको छ । सुरुवातमा राम्रो भएन, बनाउन जानिएन तर केहि महिनाको अनुसन्धान पछि गुणस्तरयुक्त उत्पादन गरँे त्यसपछि सबैबाट राम्रो प्रतिक्रिया आएको छ।

उत्पादन गरिएका प्याड कहाँ —कहाँ निर्यात गर्नु हुन्छ?

स्थानीय बजारलाई लक्षित गरेर थालेको उत्पादन अहिले बर्दियासहित कञ्चनपुर, कैलाली, बाँके, दाङ र सुर्खेत गरी ६ वटा जिल्लामा पुगेको छ। आगामि योजना नेपालभर पु¥याउने रहेको छ।

दैनिक कति उत्पादन हुन्छ , मुल्य निर्धारण कसरी गर्नु भएको छ?

अहिले दैनिक २५ कार्टुन प्याड उत्पादन हुन्छ। तीन आकारका प्याड उत्पादन गरिएको छ। २४० मिमी, २८० मिमी, ३२० मिमी लम्बाइका। यो भनेको छोटो, मध्यम र विशेषगरी राती सुत्दा प्रयोग गरिने लामो प्याड हो।
यी प्याडको मूल्य कम्तीमा ४० रूपैयाँदेखि सय रूपैयाँसम्म पर्छ। यसमध्ये बजारमा सबभन्दा कम मूल्यकै बढी बिक्री हुन्छ। ’अटोमेटिक मेसिनले धेरै प्याड उत्पादन गर्छ तर हामीसँग अहिले सेमिअटोमेटिक मेसिन मात्र छन्। बजार माग धान्न गाह्रो भएकाले ’अटोमेटिक मेसिन ल्याउने पहलमा छु।

सरकार सँग के माग छ ?

स्वदेशी उत्पादनलाई प्रथमिकता नदिदा एकदम दुखि छु किनभने जुन कुरा स्वदेशमै उत्पादन हुन्छ, माग धान्न सक्ने क्षमता छ, त्यो किन आयात गर्ने स्वदेशी उत्पादनमा कर घटाऔं।’ ’आयातितलाई ९० प्रतिशत भन्सार शुल्क छुट दिने अनि स्वदेशीलाई ३० प्रतिशत कर यथावत नै राख्ने हो भने स्वदेशी उद्योग कसरी चल्छन् त्यसैले आफ्नो देशमा उत्पादन हुने कुरा बाहिरी देशबाट आयातमा रोक लागाउनु पर्ने माग छ।

आयातित प्याड र तँपाईको कम्पनीले उत्पादन गरेको प्याडको गुणस्तमा के फरक छ?

सदा केयरबाट उत्पादित र अन्तबाट ल्याइएका प्याड आइएसओ र विश्व स्वास्थ्य संगठनबाट प्रमाणित हुनेछ। विश्व स्वास्थ्य संगठनले पाँचदेखि ६ तहको, सोस्ने क्षमता कम्तीमा ५० मिलिलिटर हुनुपर्ने लगायत मापदण्ड तोकेको छ। सदा केयर ब्रान्डले यस्ता मापदण्ड कायम गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma