Developed By Kuldeep Sharma

August 1, 2022

कर्णालीमा भोली सार्वजनिक बिदा

काठमाडौं। कर्णाली प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिने भएको छ। साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा प्रदेशभर बिदा दिने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै १७ साउन मंगलबार बिदा दिइएको जनाएको हो। यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma